काठमाडौं । टी-२० विश्वकप एसिया छनोट खेलमा ओमान नेपाललाई हराउँदै समुह ए को बिजेता बनेको छ । ओमान पाँच रनले विजयी भयो । ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले नौ विकेटको क्षतिमा १४० रन बनायो ।
नेपालका लागि २४ बल खेलेका बिवेक यादवले सर्वाधिक ३९ रन बनाए । १८ बलको सामना गरेका कुशल भुर्तेलले २६ रन बनाए । रोहित,पौडेल सन्दीप जोरा र सोमपाल कामीले समान १२ रन बनाए । यस्तै गुल्सन झा ३, विकेक यादव २ र कुशल मल्लले १० रनमा आउट भए ।
पावर प्लेमा ओमानलाई दबाबमा राखेको नेपालले सोही नियती भोग्नुपर्यो । पाँच ओभरको खेल समाप्ति हुँदा ओमानले ४ विकेटको क्षतिमा ४३ रन मात्र बनाएको थियो । यता, ओमानले आठौं ओभरको सुरुवातमा रोहित पौडेललाई आउट गराउँदा नेपालले ५६ रन मात्रै बनाएको थियो । सुरुबाटै नेपाललाई दबाबमा राख्न सफल रह्यो ।
ओमानका विलाल खानले सर्वाधिक ३ विकेट लिए । अकिब इलियास, मेहरान खान र शकील अहमदले समान २(२, विकेट लिए । नेपालले टस जितेर ओमानलाई पहिला व्याटिङको निम्तो दिएको थियो । ओमानले नौ विकेटको क्षतिमा १४५ रन बनायो ।
टीयू मैदानमा जारी खेलमा नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिगेका थिए भने सोमपाल कामी,सन्दीप लामिछानेले र करण केसीले समान २-२ विकेट लिँदा अविनास बोहोरा,गुल्सन झाले समान १-१ विकेट लिएका थिए ।
ओमानका लागि क्याप्टेन जीसन मक्सुदले २६ बल खेलेर सर्वाधिक ३२ रन बनाएका थिए । नेपाललाई हराएपछि ओमान ६ अंकसहित समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो ।
नेपाल चार अंकसहित समूह उविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । एकै समूहमा रहेका सिंगापुर र मलेसिया भने समूह चरणबाटै बाहिरिएका छन् ।
सेमिफाइनलमा नेपालले यूएईको सामना गर्नेछ । यूएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यूएईले बिहीबार समूह चरणको आफ्नो अन्तिम खेलमा हङ्कङलाई २२ रनले पराजित गरेको छ ।
सेमिफाइनलमा ओमानको प्रतिद्वन्द्वीको भने टुंगो लाग्न बाँकी छ । सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग भिडन्त गर्नेछ ।
अर्को सेमिफाइनल खेल समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेताबीच हुनेछ ।
एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकपमा स्थान बनाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया