यस्तो छ आजको मौसम

लोकपथ
49
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको हुदाँ देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहेको छ ।

दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको भने उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती देशको पहाडी भू–भागमा आंशिक बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का भने हिमपातको सम्भावना रहेको भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?