युएइको लगातार पहिलो र दोश्रो विकेट पतन

लोकपथ
42
Shares

काठमाडौं । टी—२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल खेलमा युएइको लगातार पहिलो र दोश्रो विकेट पतन भएको छ ।

यूएईले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान खालिद शाहलाई गुमाएको हो भने दाश्रो दोस्रो विकेटका रुपमा ओपनर मुहम्मद वसिम लाई गुमाएको हो ।

उनी तीन रनको ब्यक्तिगत स्कोरमा खालिद शाह पेभेलियन फर्किए । उनलाई सोमपाल कामीले रन आउट गराएका हुन् । त्यस्तै कप्तान समेत रहेका वसिम २६ रन बनाउँदै आउट भए । उनलाई सोमपाल कामीले करण केसीद्वारा क्याच गराएका हुन् ।

नेपाल र यूएईबीचको सेमिफाइनल खेल मुलपानी क्रिकेट मैदानमा सुरु भएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) ले टस जितेर पहिले ब्याटिङको निणर्य लिएको छ ।

सेमिफाइनल खेलमा विजयी हुने टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी—२० विश्वकपका लागि छनोट हुनेछन् । प्रतियोगिताको अर्को सेमिफाइनल खेल ओमान र बहराइनबिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?