विश्वकपमा छनोट हुन नेपाललाई १ सय ३५ रनको लक्ष्य

लोकपथ
196
Shares

काठमाडौं । टी—२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल खेलमा यूएईले नेपाललाई १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनायो ।

युएईले सुरुवाती तीन ओभरमै २९ रन बनाएको थियो । तर चौथो ओभरमा सोमपालले एक रन आउटसहित दुई विकेट लिएपछि नेपाल खेलमा फर्किएको थियो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । तीन ओभरमा १० रन मात्रै खर्चिएर ३ विकेट लिएका हुन् ।

त्यस्तै सन्दीप लामिछानेले, सर्वाधिक २ विकेट लिए उनले चार ओभरमा १४ रन मात्रै खर्चिएर एक मेडनसहित २ विकेट लिए । त्यस्तै रोहित पौडेलले एक विकेट लिए ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । घाइते दीपेन्द्रसिंह ऐरी खेल्दा सन्दीप जोरा बेन्चमा छन् । विजेता टोली २०२४ को टि२० विश्वकप खेल्न पाउनेछ ।
युएईका लागि भृत्य अरविन्दले अर्धशकीय पारी खेले । कप्तान मोह्मद वासिमले २६, आशिफ खानले १३, अलिशान शाराफुले १६ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?