हमिदको बलमा गुलसन भए आउट

लोकपथ
168
Shares

काठमाडौं । नेपालले आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा हाल नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

युएईले दिएको १ सय ३५ रनको लक्ष्य पच्छ्याएको नेपालको आफ्नो दोस्रो विकेट गुमाएको छ ।

नेपालका ओपनर गुलसन झा २३ बलमा २२ रन जोडेर आउट भएका हुन् । गुलसनलाई यूएईका बलर बासल हमिदले आउट गराएका हुन् ।

जारी खेलमा नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर ६७ रन जोडेको छ ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । घाइते दीपेन्द्रसिंह ऐरी खेल्दा सन्दीप जोरा बेन्चमा छन् । आजको विजेता टोली २०२४ को टि–२० विश्वकप खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?