यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा

लोकपथ
399
Shares

काठमाडौं । नेपालले आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा नेपालले जित हात पारेको छ ।

यूएईलाई  ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो । युएईले दिएको १ सय ३५ रनको लक्ष्य पच्छ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेका हो ।

नेपालले १० वर्षपछि टि-२० विश्वकपमा स्थान बनाएको हो । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७. १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे । नेपालका आसिफ शेख ५२ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहे।
नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले ८ बलमा २ चौका हानेका थिए ।

दोस्रो विकेटका लागि गुलशन झा र आसिफ शेखले ४१ रनको साझेदारी गरे । गुलशनले २४ बलमा ३ चौका प्रहार गरे । त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो ।

युएईका वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । अन्य कुनैपनि युएईका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?