हेटौंडा । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भइ गएराति गएको भूकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।
बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले शनिबार विज्ञप्ती जारी गर्दै भूकम्प पीडितको प्रभावकारी उद्दार, उपचार, राहत र पुनर्स्थापनाको लागि १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिए।
उनले विपदको यस घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकारको साथमा रहने बताए ।
मन्त्री श्रेष्ठले भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिहरु प्रति श्रद्धाञ्जली र आफन्तजनहरुमा समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरुको शीघ्र स्वाास्थ्यथ्य लाभको कामना समेत गरेका छन् ।
मन्त्री श्रेष्ठले विपद्को यस घडीमा आवश्यक सहयोग गर्न नागरिक समाज र गैरसरकारी संस्थाहरुलाई आग्रह पनि गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया