काठमाडौं । सरकारले, भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट ५÷५ करोड तत्काल पठाउने निर्णय भएको गरेको छ ।
शनिवार गृह मन्त्रालयमा बसेको सम्बन्धित सरोकारवालासहितको बैठकले, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले, पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको राहतका लागि सो रकम पठाउने निर्णय गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
उनले भने ‘ संघीय सरकार, प्रदेश र स्थानीय सरकारसंग समन्वय गरेर सर्च रेस्क्यू र रिलिफका काम अघि बढाईरहेका छौँ । त्यस अन्र्तगत दुबै जिल्लालाई राहत व्यवस्थापन कोषबाट पाँच पाँच करोड रुपैयाँ तत्काल पठाउने निर्णय गरेका छौँ ।’
त्यस्तै उनले, घाइतेहरूलाई शीघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेको बताए ।
उनले सुर्खेतलाई मूल बेस र सहायक बेस नेपालगञ्जलाई बनाएर राहत वितरण कार्य एकद्वार प्रणालीमा अघि बढाएकोसमेत जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया