काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भूकम्प पीडितको उद्धार र राहतका लागि ७ लाख आर्थिक सहयोग गर्ने भएको छ ।
नेविसंघले प्रत्येक केन्द्रीय सदस्यबाट एक÷एक हजारका दरले उठाएर ७ लाख दिन लागेको हो ।
त्यस्तै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघका नेता कार्यकर्ताहरुलाई पीडितको उद्धार तथा राहतमा जुट्न निर्देशन समेत दिएका छन् ।
गएराति जाजरकोट र रुकुमपश्चिम लगायतको जिल्लामा गएको भूकम्पका कारण ठूलो धनजनको क्षती भएको छ भने उद्धार र राहतको काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया