काठमाडौं । नेपाल आयल निगमले जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितको उद्धार कार्यमा खर्च हुने हवाइ इन्धनको सबै खर्च व्यहोर्ने भएको छ।
भूकम्प प्रभावितको उद्धारका लागि खटिएको नेपाल एयरलाएन्सको ट्विनअटर र नेपाली सेनाको हेलिकोप्टर उडानमा लाग्ने इन्धनको खर्च निगमले व्यहोर्ने निर्णय भएको निगमका प्रवक्ता मनोज ठाकुरले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।
उनका अनुसार शनिबार बिहानैदेखि उद्धारका लागि भएको उडानको सम्पूर्ण इन्धन खर्च निगमले नै व्यहोर्ने छ। ‘रुकुम पश्चिम र जाजरकोटमा उडान भर्नका लागि चौरजहारीमा एयरपोर्ट छ। यहाँ ट्विनअटर मात्रै जान सक्ने हुँदा नेपाल एयरलायन्सको ट्विनअटरका लागि निःशुल्क इन्धन उपलब्ध गराउने भएका हौं,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘उद्धारका लागि होलिकोप्टर जहाँ पनि जानसक्छ, त्यसको सबै खर्च निगमले व्यहोर्छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया