काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले ओमनलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १८४ रन जोड्यो ।
नेपालका लागि झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै शतक गरे । त्यस्तै कप्तान पौडेलले अविजित ५२ रनको योगदान दिए । कुशल भुर्तेलले ३१, सन्दीप जोराले १०, कुशल मल्लले तीन रन बनाउँदा आशिफ शेखले ६ रन जोडे । त्यस्तै विवेक यादवले १ रन जोडे ।
ओमानका लागि विलाल खान एक्लैले ३ विकेट लिए ।
फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया