काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपाल र ओमन भिड्दै छन् ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पच्छ्याएको ओमानको पहिलो विकेट पतन भएको छ ।
नेपाल र ओमानबीचको खेल हेर्न प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ टियू क्रिकेट मैदान पुगेका छन् । प्रधानमन्त्री खेलाडीहरुलाई हौसला बढाउन मैदान पुगेका हुन् ।
फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया