एकपछि अर्को विकेट गुमाउदै ओमान, करणले लिए विकेट

लोकपथ
378
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपाल र ओमान भिड्दै छन् ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पच्छ्याएको ओमानको पाँचौँ विकेट पतन भएको हो ।

नेपालका बलर करण केसीले ओमानको पाँचौँ विकेट लिएका हुन् । ओमानले १७.१ ओभरमा ५ विकेट गुमाउदै १४७ रन जोडेको छ ।

फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?