काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपाल र ओमानबीचको खेल सुपर ओभरमा गएको छ ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पच्छ्याएको ओमानले निर्धारित २० ओभरमा १ सय ८५ रन बनायो ।
अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।
फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया