बेलायत र अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री बोरिस र मोरिसन पुगे इजरायल

लोकपथ
49
Shares

काठमाडौं । पश्चिम एसियामा हमास र इजरायलबीच युद्ध जारी छ। इजरायलले हमासको आतंकवादी समूहलाई निशाना बनाउँदै आएको छ । इजरायल र गाजा अहिले पूर्ण रूपमा युद्धग्रस्त क्षेत्र बनेका छन् ।

यसैबीच बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री स्कट मोरिसन अचानक तेल अवीव पुगेका छन् । यी दुईको भेटले सबैलाई चकित बनाएको छ ।

इजरायल भ्रमणका क्रममा जोनसन र मोरिसनले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र गाजामा बन्धक बनाइएकाका परिवारसँग भेट गर्नेछन् । साथै, द टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार उनीहरु दुवैले अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणबाट ध्वस्त भएको दक्षिणी गाजा सीमा क्षेत्रको पनि भ्रमण गर्नेछन्।

संयुक्त राष्ट्रका लागि पूर्व इजरायली राजदूत ड्यानी ड्याननले बोरिस जोन्सन र स्कट मोरिसनको भ्रमणको आयोजना गरेका छन्। दुवैले इजरायली डिफेन्स फोर्स (आईडीएफ) सिपाहीहरू र इजरायलका दक्षिणी समुदायहरूसँग भेट गर्नेछन्।

इजरायल भ्रमणमा रहेका अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनले इजरायली जनता र यहुदी समुदायप्रति ऐक्यबद्धता प्रदर्शनका लागि इजरायल आउनको अवसर पाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?