काठमाडौं । तीव्र गतिका नेपाली बलर गुल्सन झा आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट खेलाडी घोषित भएका छन्।
प्रतियोगिताभर ७९ रन र ५ विकेट लिएका गुल्सनले मोटरसाइकल पाए। ओपनर कुशल भुर्तेल भने उत्कृष्ट ब्याटर घोषित भए। घरेलु मैदानमा भएको प्रतियोगितामा कुशलले ५ खेलमा १ सय ८५ रन बनाएका थिए।
ओमानका विलाल खान उत्कृष्ट बलर घोषित भए। विलालले ५ खेलमा ११ विकेट लिएका थिए । आइतबार भएको फाइनलमा सुपर ओभरमा नेपाल ओमानसंग पराजित भएको थियो ।
नेपाल र ओमान दुवैले फाइनल जित्दै सन् २०२४ मा हुने आईसीसी टी-२० विश्वकपमा स्थान बनाइसकेका छन्।
शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले र ओमानले बहराइनलाई १० विकेटले हराउँदै टी-२० विश्वकपमा स्थान बनाएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया