काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले भूूकम्प दैवी प्रकोप कोषमा १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
आज बसेको नेसपाको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
बैठकले उद्धार तथा पुनर्निमाणमा खट्न पार्टी पंक्तिलाई निर्देशन समेत दिएको छ ।
यसअघि आज नै सत्तारुढ दल नेकपा माओवादी केन्द्रले ५० लाख दिने निर्णय गरेको छ । भने नेपाली कांग्रेसले यसअघि नै ५० लाख दिने निर्णय गरेको छ । अन्य राजनीतिक दल र सामाजिक संघ संस्था तथा व्यक्तिहरुले व्यक्तिगत रुपमा पनि दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराइरहेका छन् ।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म १५७ जनाको मृत्यु भइसकेको छ भने २५६ जना घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया