काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ५५ पैसा र बिक्री दर १६५ रुपैयाँ २९ रुपैयाँ रहेको छ । आइतबारको तुलनामा झन्डै दुई रुपैयाँले पाउण्ड बढेको छ । आइतबार पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४२ पैसा र बिक्री दर १६३ रुपैयाँ १५ पैसा रहेको थियो ।
युरो एकको खरिद दर १४२ रुपैयाँ ६८ पैसा र बित्र mी दर १४३ रुपैयाँ ३२ पैसा रहेको छ । हिजोको तुलनामा युरोको भाउ पनि बढेर आएको छ । हिजो युरो १४१ रुपैयाँ ५४ पैसा र बिक्री दर १४२ रुपैयाँ १७ पैसामा कारोबार भएको थियो ।
अमेरिकी डलर भने आज स्थिर छ । डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।
यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैया ३४ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ७८ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया