काठमाडौं । प्राईम कर्मसियल बैंकले भुकम्प पीडितको लागि २५ लाख ५१ हजार रुपैंयाँ सहयोग गरेको छ । बैंकले यही कार्तिक १७ गते शुक्रवार, राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति दुख व्यक्त गर्दै उक्त रकम सहयोग गरेको हो ।
बैंकले भूकम्प पीडितहरुको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार रुपैंयाँ सहयोग उपलब्ध गराउने छ ।
विनाशकारी भूकम्पको चपेटामा परी दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै बैंकले शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, उपचाररत सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया