विकास बैंकको संघको आयोजनामा अन्तर्राष्ट्रिय तालीम

लोकपथ
91
Shares

काठमाडौं । विकास बैंकको संघ ’डीबान’ को आयोजनामा तीन दिने नेपाल वित्तीय प्रतिवेदन मान–९ सम्बन्धी तालिम आजबाट होटेल अकामा काठमाडौंमा अन्तरास्ट्रिय तालीम सुरुवात भएको छ ।

विकास बैंकमा कार्यरत विभागीय प्रमुखहरुलाई उक्त प्रतिवेदन मानका सम्बन्धमा विस्तृतरुपमा सुसुचित गराउने एवं दुई वर्ष पछि वित्तीय प्रतिवेदन मान लागुगर्न आवश्यक तयारी स्वरुप तालिम सञ्चालन गरिएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै आयोजकका तर्फबाटचार्टर्ड एकाउन्टेन्टरमेश धितालले यस वित्तीय प्रतिवेदन मानलागु गर्न वित्त बिभागमात्र नभई उच्च ब्यबस्थापनको संलग्नता तथा तालिमको महत्वपूर्ण भूमिका रहने बताए । विकास बैंकको संघका प्रेसिडेन्ट सुयोग श्रेष्ठले संघ यस मापदण्ड कार्यान्वयनको लागी लगातार छलफल तथा तालिम संचालन गरिरहेको बताए ।

कार्यक्रममा विभिन्न विकास बैंकबाट वित्त, कर्जा, जोखिम, आन्तरिक लेखापरीक्षण, सञ्चालन लगायतका विभागका विभागीय प्रमुखहरुको सहभागिता रहेको छ भने उदघा्टन सत्रमा विभिन्न विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको समेत सहभागीता रहेको थियो ।कार्यक्रममा स्रोत व्यक्तिको रुपमा इवाई श्रीलंकाका विज्ञ राजिथ परेरा तथा प्रसन्ना यस रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?