नेपाल एसबिआई मर्चेन्टद्धारा आकर्षक छुट योजना सार्वजनिक

लोकपथ
63
Shares

काठमाडौं । नेपाल एसविआई मर्चेन्ट बैकिङ्ग लिमिटेडले आर्कषक छुट योजनाहरु सञ्चालनमा ल्याएको छ ।

कम्पनीले चाडपर्वको अवसरमा डिम्याट तथा मेरो शेयर खाता खोल्न निश्चित अवधिका लागि बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ ।

यस्ता खाताहरुको सहज पहुँचले, ग्राहकले सुपथ लागतमा, धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पुँजी बजारमा सहभागिताका साथै, धितोपत्र निस्काशन कम्पनीको पुँजी सुनिश्चितता लागि सघाउ पुग्ने विश्वास कम्पनीले लिएको छ ।

छुट सहितका सेवाप्राप्त गर्नका लागी, नेपाल एसविआइ बैंकका शाखाहरु तथा, नेपाल एसविआई मर्चेन्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्र्पक गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?