प्रधानमन्त्री दैवी प्रकोप कोषमा राष्ट्रिय वाणिज्य बैंकले दियो १ करोडको चेक

लोकपथ
35
Shares

काठमाडौं । जाजरकोट भूकम्प पीडितहरुको राहतका लागि राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोडको चेक हस्तान्तरण गरेको छ ।

आज राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १ करोडको चेक हस्तान्तरण गरेका हुन् ।

जाजरकोट रुकुमपश्चिम भूकम्प प्रभावितहरुको राहत तथा पुनर्निमाणका लागि यसअघि नै घोषणा गरे अनुसार चेक हस्तान्तरण गरेका हुन् ।

त्यसो त आजै नेपाली कांग्रेसले ५० लाख तथा एकीकृत समाजवादीले २५ लाखको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरिसकेका छन् । त्यसैगरी विभिन्न राजनीतिक दल, संघ संस्था तथा व्यक्तिगत रुपमा सहयोग गर्न चाहनेहरुले प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा रकम जम्मा गरिरहेका छन् ।

गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी हालसम्म १५७ जनाको मत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?