प्रधानमन्त्री दैवी प्रकोप कोषमा माओवादीद्वारा ५० लाखको चेक हस्तान्तरण

लोकपथ
42
Shares

काठमाडौं । जाजरकोट भूकम्प पीडितहरुको राहतस्वरुप माओवादी केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५० लाखको चेक हस्तान्तरण गरेको छ ।

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुुसाललगायतका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ५० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

आजै राष्ट्रिय वाणिज्य बैंकले पूर्व घोषणा अनुसार १ करोड प्रधानमन्त्रीलाई उपलब्ध गराएको थियो ।

त्यसो त आजै नेपाली कांग्रेसले ५० लाख तथा एकीकृत समाजवादीले २५ लाखको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरिसकेका छन् । त्यसैगरी विभिन्न राजनीतिक दल, संघ संस्था तथा व्यक्तिगत रुपमा सहयोग गर्न चाहनेहरुले प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा रकम जम्मा गरिरहेका छन् ।

गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी हालसम्म १५७ जनाको मत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?