यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५५ पैसा र बिक्री दर १६४ रुपैयाँ २९ पैसा रहेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ८५ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा पुगेको छ ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?