यू-१९ एसिया कप : नेपाल, भारत र पाकिस्तान एकै समूहमा

लोकपथ
637
Shares

काठमाडौं । यू-१९ एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग भिड्ने भएको छ । समूह चरणमै नेपालले कठिन प्रतिद्वन्द्वीको सामना गर्ने भएको हो । एसियन क्रिकेट काउन्सीलले आज खेल तालिका सार्वजनिक गरेको हो ।

एसिया कपको आगामी संस्करण यूएईमा आउँदो ८ डिसेम्बरबाट सुरु हुँदै छ । नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ भारत, पाकिस्तान र अफगानिस्तानसमेत छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, यूएई र जापान छन् ।

नेपालले पहिलो खेल पाकिस्तानसँग ८ डिसेम्बरमै खेल्ने छ । यस्तै, दोस्रो खेल नेपालले अफगानिस्तानसँग १० डिसेम्बरमा सोही मैदानमा खेल्ने छ । तेस्रो तथा समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा नेपालले भारतसँग खेल्नेछ ।

प्रत्येक समूहबाट शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?