काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले शुक्रबार राति जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रमा पचास लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
बुधबार बसेको बैंकको संचालक समितिको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको राहतका लागि सामाजिक उत्तरदायित्व अन्तर्गतमा रहेर रु. ५० लाख सहयोग गर्ने निर्णय गरेको हो । यो रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्घार कोषमा जम्मा गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया