प्रधानन्यायाधीशसहित सर्वोच्चका न्यायाधीशहरुले भूकम्प पीडितका लागि ७ दिनको तलब दिने

लोकपथ
35
Shares

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सर्वोच्च अदालतका न्यायाधीशहरुले भूकम्पपीडितलाई ७ दिनको तलब सहयोग गर्ने भएका छन् ।

बुधबार सर्वोच्च अदालतको पूर्ण बैठकले जाजरकोट–रुकुमपश्चिम भूकम्प पीडितहरुका लागि आफ्नो ७ दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकपछि सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश श्रेष्ठ लगायत न्यायाधीशहरुले भूकम्प पीडितका लागि सात दिनको तलब सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले उच्च अदालतका न्यायाधीशले ५ दिन र जिल्ला अदालतका न्यायाधीशहरुले ३ दिनको तलब भूकम्पपीडितका लागि उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

court

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?