काठमाडौं । होण्डाको मोटरसाइकल तथा स्कुटरले ल्याएको आकर्षक उपहार योजना ‘दसैँमा दश लाख’ मा ग्राहकहरूले उत्साहजनक सहभागिता जनाएपछि कम्पनीले यस योजनाको समयावधि लम्बाएको छ।
कम्पनीले छठ पर्व सम्मका लागि योजनाको अवधि थप गरेको हो। यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख नगद जित्न सक्नेछन्।
यसका साथै ‘चुज योर्स् स्किम’ अन्तर्गत ग्राहकहरुले १०,००० सम्मको थप स्क्रयाच कार्ड पाउन सक्ने वा १२, ५०० बराबरको ५ वर्षै ‘ए एम जी प्याकेज पाउन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीले ग्राहकहरुलाई अझ आकर्षक योजना प्रदान गर्ने उद्देश्यले ‘रु १ फाइनान्स योजना’ मा पनि यो ‘दसैँमा दश लाख’ योजना उपलब्ध गराइरहेको छ। यसका साथै होण्डा बिग बाइकको खरिदमा १ लाख सम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ।
स्क्रयाच कुपन मार्फत १० लाख सम्मको नगद पुरस्कार जित्न सकिने यो योजनामा हाल सम्म सुनिल सापकोटा, मनोज कुमार शाह, तारा शिरिष थापा मगर, नीरज चौधरी, भरतपुरका हरि प्रसाद पौडेल, सुशीला कुमारी कार्कीले स्क्रयाच कुपनमा २५ हजार जितेका छन्।
साथै यो उपहार योजनाका साथमा दस हजार र पाँच वर्षका लागि मर्मत सम्भार मध्ये कुनै एक रोज्न सकिने अर्को स्क्रयाच कुपन उपहार योजना पनि समावेश छ।
उमेश रायमाझीले भने स्क्रयाच कुपन मार्फत २५ हजार र थप स्क्रयाच कुपन उपहार योजना बाट थप ७ हजार गरि जम्मा ३२ हजार जितेका छन्।
त्यस्तै, डिकेश महर्जनले स्क्र्याच कुपन मार्फत नगद रु। ३० हजार जितेका छन्। उक्त उपहार योजना अन्तर्गत नै विमल बहादुर प्रजापतिले स्क्रयाच कुपन मार्फत ५० हजार नगद जित्न सफल भएका छन्।
सरोज पोख्रेल र प्रेम बहादुर खत्रीले स्क्रयाच कुपन मार्फत क्रमशः नगद एक लाख र नगद दुई लाख जित्न सफल भएका छन्।
‘होण्डा छ साथ साथ’ नाराका साथ कम्पनीले लिएर आएको ‘होण्डा दसैँमा दस लाख’ उपहार योजना अन्तर्गत स्क्रयाच कुपन मार्फत अहिले सम्म जितिएको सर्वाधिक ठुलो धनराशि भने ५ लाख रुपैयाँ रहेको छ।
धादिङका राम कुमार श्रेष्ठले यस उपहार योजना अन्तर्गत अहिले सम्ममा सर्वाधिक ठुलो रकम उपहार ५ लाख जितेका हुन्।
यस उपहार योजना अन्तर्गत स्क्रयाच कुपन मार्फत जितिने भनिएको अधिकतम उपहार दस लाख भने हाल सम्म पनि जितिएको छैन।
हाल सम्मका सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई दिँदै कम्पनीले, ‘होण्डा दसैँमा दस लाख’ योजना मार्फत अझै पनि जित्ने सम्भावना रहेको प्रथम पुरस्कार दस लाखको भाग्यशाली विजेता चाँडै नै प्राप्त हुने विश्वास व्यक्त गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया