अख्तियारका पदाधिकारीको ७ दिनको तलब भूकम्प पीडितलाई

लोकपथ
21
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुले भूकम्प पीडितलाई सहयोग गर्ने भएका छन् ।

आयोगका पदाधिकारीहरूको सात दिन बराबरको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको हो ।

आयोगले गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट मृत्यूवरण गर्ने नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

यस्तै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग गर्ने निर्णय भएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?