काठमाडौं उपत्यकाका केही स्थानमा वर्षा

लोकपथ
49
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा पानी परेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसमविद् गोविन्द झाका अनुसार उपत्यका सहित लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मौसम बदली भई हल्का वर्षा भएको छ। अहिले पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभावले मौसममा बदली भएको हो।

काठमाडौंका एकरदुई स्थानमा भइरहेको वर्षा केहीबेरमा रोकिने पनि मौसमविद् झाले जानकारी दिएका छन्। पानी परेपछि काठमाडौंमा तुलनात्मक रूपमा चिसो महशुस गरिएको छ।

काठमाडौंको आजको न्युनतम तापक्रम ९.९ डिग्री रहेको पनि मौसमविद् झाले जानकारी दिए। जाडो सिजन नजिकिँदै गर्दा तापक्रम विस्तारै घट्दै जाने उनले बताए।

आज सबैभन्दा कम न्युनतम तापक्रम जुम्लामा ३.१ डिग्री सेल्सियस मापन भएको छ।

काठमाडौंको मौसममा भने आज रातिदेखि नै सुधार हुने मौसमविद् झाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?