काठमाडौं । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको पुष्प मेलाको आज तेस्रो दिन पनि जारी छ ।
फ्लोरिकल्चर एशोसिएशन नेपाल र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले संयुक्त आयोजना गरिएको सो मेलाको आज अन्तिम दिन पनि मानिसहरुको उल्लेखनीय उपस्थीती रहेको छ ।
फुल मेलामा मौसमी फूल, आलंकारीक बोट विरुवा, कट फ्लावर, ट्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन, ग्रीनहाउस, कृषि औजार, उपकरण प्याकेजिङ, सामग्री, सुक्ष्म तथा थोपा सिँचाइ, आधुनिक र जैविक विषादी गरी ४८ बिक्री कक्ष छन् ।
मेलामा करिव ५० हजारले अवलोकन गर्ने तथा ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएमा दुई दिनमा ४७ हजारले अवलोकन गरेको को छ भने ४१ हजारले अवलोकन फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ ।
तस्वीरमा हेर्नुहोस पुष्प मेलामा राखिएका फूलहरु:
तस्वीरः कृष्ण थलङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया