साताको पहिलो दिन एक हजार रुपैयाँले घट्यो सुनको भाउ

लोकपथ
91
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार एकैदिन सुनको मुल्य एक हजार रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख १३ हजार सात सय रूपैयाँ कायम भएको छ । शुक्रबार एक लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज एक लाख १३ हजार १५० रूपैयाँमा निर्धारण गरिएको छ ।

आज तोलामा २० रूपैयाँले घटेको चाँदी प्रतितोला एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?