नेपालको पहिलो बैंक नेपाल बैंक ८७ औं वर्षमा प्रवेश

लोकपथ
98
Shares

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पुरा गरी ८७ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा बैंकको प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा १५० जना रक्तदाताले भाग लिएका थिए ।

नेपालको पहिलो बैंकलाई आधुनिक, सफल र नेतृत्वदायि बैंकको रुपमा यस अवस्थासम्म पुर्याउन साथ, सहयोग, समन्वय गर्ने सम्पूर्ण महानुभावहरुमा बैंक हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

नेपाल बैंक लिमिटेडको ईतिहास : 

नेपालमा बैकिङ्ग प्रणालीको शुरुवात र विकासको हिसावले यो बैंक आजको बैकिङ्ग क्षेत्रमा आएको क्रान्तिको जग हो । भारतीय रुपैयाँको दबदवा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका इतिहासका स्वर्णीम पानाहरुमा सदा लेखिइ रहने छ । वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको यस बैंकको उद्घाटन तत्कालिन राजा त्रिभुवन विर विक्रम शाहले गरेका हुन् । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरुले सुरु गरेको यस बैंकको चुक्ता पूँजी ८ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो । आजको दिनसम्म अनवरत विश्वासको ८७ औँ वर्षसम्म अटुट रूपमा बैकिङ्ग सेवा प्रदान गर्न सफल नेपाल बैंक लिमिटेडको लामो गौरवमय इतिहास रहेको छ ।

शताब्दीको हाराहारी अनुभव बटुलेको यस ऐतिहासिक बैकिङ्ग धरोहरले नेपाली मुद्रा र नेपाली नोट प्रचलनमा सहजता ल्याई राष्ट्रिय पहिचान र राष्ट्रिय एकताको प्रबद्र्धन गर्दै राष्ट्र निर्माणमा पु¥याएको योगदान विशेष रहेको छ । नेपाल बैंकले आफनो स्थापना कालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व वि.सं २०१२ सम्म देशको केन्द्रिय बैंकको रुपमा समेत कार्य गरी नेपालको बैंकिङ्ग क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गरिसकेको छ । सो पश्चात बाणिज्य बैंकको रुपमा देशको विभिन्न कालखण्डमा विषम परिस्थितिका बावजुद ग्राहक वर्गको असिम विश्वास र भरोसालाई अक्षुण राख्दै अगाडि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?