काठमाडौं । अर्थतन्त्रलाई गति दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरिहेका छन् । सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्नेबारेमा हिजोदेखि छलफलको सुरुवात गरेको हो ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा अर्थमन्त्री डा.प्रकाशशरण महत, गभर्नर महाप्रसाद शर्मालगायतका सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरी अर्थतन्त्रका वर्तमान समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिएका थिए। आज प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्र, अर्थविद,अर्थक्षेत्रका सरोकारवाल सहित प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल चलाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई अझ चलायमान गर्नका लागि सुझाव लिन मंगलवारको यो बैठक सिंहदरबारमा बोलाएका हुन् । देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदै गएको भएपनि केही समस्या रहेको उनको भनाई छ । अर्थतन्त्र थप चलायमान बनाएर देशमा रोजगारीका अवसर सिर्जना गर्नेबारे विर्मष गर्न प्रधानमन्त्रीले यसकिसिमको छलफलको आयोजना गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले कार्यभार समालेपछि देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया