लश्कर-ए-तैयबालाई इजरायलद्वारा आतंकवादी संगठन घोषणा

लोकपथ
21
Shares

काठमाडौं । इजरायलले लश्कर-ए-तैयबालाई आतंकवादी संगठन घोषणा गरेको छ। भारतस्थित इजरायली दूतावासले मुम्बई हमलाको १५औँ वर्ष पुगेको अवसरमा इजरायलले यो कदम प्रतीकको रुपमा लिएको जनाएको छ ।

लश्कर-ए-तैयबालाई आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरेको र भारत सरकारले त्यस्तो कुनै अनुरोध नगरेको बाबजुद पनि इजरायलले औपचारिक रूपमा सबै आवश्यक प्रक्रियाहरू पूरा गरेको र लश्कर-ए-तैयबालाई आतंकवादी संगठनहरूको इजरायली सूचीमा समावेश गरेको इजरायलको दूतावासले जनाएको छ ।

नोभेम्बर २६, २००८ मा लश्कर(ए(तैयबाका तालिम प्राप्त हतियारधारी दशजना चरमपन्थीहरूले मुम्बईका धेरै ठाउँहरू र प्रतिष्ठित भवनहरूमा आक्रमण गरेका थिए । जुन चार दिनसम्म जारी रह्यो। मुम्बई हमलामा १६० भन्दा बढी मानिस मारिएका थिए ।

नरिमन हाउसमा भएको हमलाका बेला रोइरहेका इजरायली बालक मोशे होल्ट्जबर्गको तस्बिरको निकै चर्चा भएको थियो । आक्रमणमा मोशेका आमाबुवा मारिएका थिए।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?