काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले मंगलबार नेपाल एसबिआई बैंक लि.को प्रधान कार्यालय, कमलादी, काठमाडौंमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले कम्पनीको आ.व. २०७९÷८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९÷८० को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको कम्पनीले जानकारी दिएको छ ।
सभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा नन्दन हरि शर्मालाई चार वर्षका लागि नियुक्त गरेको छ ।
यसबाहेक सभाले आ.व. २०८०÷८१ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन समेत अनुमोदन गरेको कम्पनीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया