काठमाडौं । युनिलिभर नेपाल लिमिटेड हालै जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावितहरुका लागि एक करोड आर्थिक सहयोग उपलब्ध गराएको छ ।
भूकम्प पश्चात नै आर्थिक सहयोग घोषणा गरेको युनिलिभरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सो रकम हस्तान्तरण गरेको हो ।
त्यतिमात्र नभइ युनिलिभरले भूकम्प भएको भोलिपल्टै प्रभावित जिल्लामा पुगेर पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्री पुर्याएको थियो ।
अहिले मात्र होइन युुनिलिभरले यसअघि पनि अन्य प्राकृतिक प्रकोपहरूमा सहयोग पुर्याउँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया