काठमाडौं । खराब कर्जा असुलीमा बैंक तथा वित्तीय संस्थाहरुलाई समस्या हुने देखिएको छ ।
अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आम ग्राहकको कर्जाको साँवा व्याज तिर्न सक्ने क्षमतामा कमी आउँदा बैंकिङ क्षेत्रमा खराव कर्जाको मात्रा बढ्दै गएको छ । अर्कोतर्फ धितो लिलाम गर्दा समेत उक्त धितो बिक्री हुन नसक्ने भएपछि बैंकिङ क्षेत्र थप समस्यामा पर्ने देखिएको हो ।
बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप अहिले ५९ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा रकम ४९ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । यस मध्ये वाणिज्य बैंकहरुको मात्र कुल निक्षेप रकम ५२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा ४४ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ ।
यसैगरी विकास बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप रकम छ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा रकम पाँच खर्ब ७४ अर्ब रुपैंयाँ पुगेको छ । अहिले बैंकिङ क्षेत्रमा औषतमा तीन दशमलव शुन्य दुई प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा औषमा एक दशमलव ३१ प्रतिशत मात्र कर्जा खराब रहेको थियो । यसरी पछिल्लो एक बर्षमा बैंकिङ क्षेत्रमा ठुलो परिमाणमा खराब कर्जा बढनुको प्रमुख कारण नै ऋणीको कर्जा तिर्ने क्षमतामा ह्रास आउनु र धितोमा रहेको चलअचल सम्पती बिक्री नहनु देखिएको छ ।
बैंकिङ क्षेत्रमा देखिएको यो समस्याले नेपाली बैंकहरुमा दिर्घकालसम्म असर पर्ने देखिएको छ । कर्जाको साँवा ब्याज नउठ्दा धितो राखिएको सम्पत्ती लिलाम बिक्री मार्फत कर्जा असुली गर्नुपर्ने भएपनि लिलाम बिक्री नहुँदा एक त खराब कर्जा अझै बढ्ने देखिएको छ भने अर्कोतर्फ बैंकिङ क्षेत्रमा अचल सम्पती अर्थात घरजग्गा मात्र थुप्रिने समस्या विकराल बन्ने देखिएको छ ।
मंसिर ६ गते अर्थात बुधबार मात्र १४ वटा दैनिक पत्रिकाहरुमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा चुक्ता गर्न आउने, धितो लिलामी गर्न, पुन धितो लिलामी गर्नै, भाखा नाघेको कर्जा चुक्ता गर्न, कालोसुचीमा राख्ने चेतावनी सहितका तीन दिने, सात दिन, १५ दिने, ३५ दिने सुचनाहरु प्रकाशन गरेका छन् । एकैदिन अबौं रुपैयाँ बराबरको धितो लिलामीको सूचना जारी गरेपनि एकाध बाहेकका ति कुनै पनि धितो तोकिएको समयमा बिक्री हुने संभावना छैन ।
यसले गर्दा बैंकिङ क्षेत्रमा नगदको साटो घरजग्गा मात्र थुप्रिने सम्भावना बढेर गएको छ ।
ऋणको नाममा बैंक तथा फाईनान्स कम्पनीहरुले धितो लिलाम तथा ऋण चुक्ता गर्न आउनको लागि बुधबार एक दिन मात्र सार्वजनिक गरेको सूचना
(स्रोत : सम्बन्धित बैंक तथा फाईनान्स कम्पनीले मंसिर ६ गते बुधबार ऋणीको नाउँमा प्रकाशन गरेको सार्वजनिक सूचना)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया