काठमाडौं । काठमाडौंमा शुक्रवार र शनिवार हुने लगानी सम्मेलनको तयारी स्वरुप बिहीवार सरकराले प्रि–लगानी सम्मेलनको आयोजना गर्ने भएको छ ।
बुधवार सिंहदरबारस्थित अर्थमन्त्रालयको हलमा आयोजना गरिएको पत्रकार सम्मेलननमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सो जानकारी दिएका हुन् ।
उनले पत्रकार सम्मेलमा बोल्दै बिहीवार सिमित लगानीकर्ताको सहभागितामा प्रि–लगानी सम्मेलन आयोजना हुने बताए ।
उनले प्रि–लगानी सम्मेलनले दुईदिन चल्ने लागानी सम्मेलन सम्पन्न गर्न थप मद्दत पुग्ने बताए ।
सम्मेलनमा ७७ वटा परियोजना राख्ने भएको जस अन्तर्गत ५० वटा सरकारीस्तरका परियोजना छन् भने २७ वटा परियोजना निजी क्षेत्रले राख्नेछन् ।
यी परियोजनामा विदेशी लगानी र लगानीकर्ताको खोजी हुनेछ ।
सम्मेलनमा करिब एक दर्जन परियोजनाको काम अघि बढाउन विदेशी लगानीकर्तासँगै सरकारले समझदारीपत्र (एमओयू)मा समेत हस्ताक्षर गर्ने भएको छ ।
साथै शुक्रवार र शनिवार हुने लगानी सम्मेलनमा अ सहभागी हुने भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल आउने भएको छ । उनी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।
भारतीय विदेश सचिव गोखले यही चैत १४ गते नेपाल आउन लागेका हुन् । नेपाल
बसाइको क्रममा गोखलेले नेपाली अधिकारीहरुसँग भारतीय सहयोगका कार्यक्रम र दुईपक्षीय सम्बन्धसँग सम्बन्धित विषयमा छलफल गर्ने छन् ।
भारतीय विदेश सचिवको नेपाल भ्रमणको क्रममा भारतीय सहयोगमा नेपालमा सञ्चालित कार्यक्रम, द्विपक्षीय हितका साथै नेपाल–भारतको उच्चस्तरीय भ्रमणका क्रममा भएका सहमतिको प्रगतिबारे समेत छलफल हुनेका साथै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत अन्य शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया