काठकाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी. नियुक्त भएका छन् ।
बैंकको मंसिर सात गते बिहीवार बसेको चार सय ९१औँ संचालक समितिको बैंठकल के.सी.लाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै के.सी. लाई नयाँ अध्यक्षमा चयन गरेको हो ।
के.सी. विगत ९ वर्ष देखि माछापुच्छ«े बैंकमा आबद्ध भई मिति २०७४÷०१÷०४ देखि २०७५÷०९÷२० यसै बैंकका अध्यक्षमा रहेका थिए । अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।
साथै उनी एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो ,कन्स्ट्रक्सन, बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहँदै आएकाछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया