जनकपुरधाम। श्रम तथा रोजगार कार्यालय जनकपुरमा पटक पटक आईरहेको गुनासोलाई मध्य नजर गर्दै प्रदेश २ का आन्तरीक तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बुधवार अनुगमन गरेका छन् ।
श्रम तथा रोजगार कार्यालय जनकपुरमा अनुगमन गर्दै समस्याहरू देखा पर्यो र उक्त समस्याहरूलाई तुरून्त समस्या समाधान गरि सभ्य तरिकाले काम गर्न कार्यालयमा काम गर्ने कर्मचारीहरूलाई निर्देशन दिए ।
अनुगमनको क्रममा सेवा ग्रहीहरूले मन्त्रि यादवलाई चारै तर्फ घेरा हालेर आफनो आफनो गुनासो पोखेका थिए ।
मन्त्रि यादवले सेवा ग्रहीले गरेको गुनासोलाई मध्यनजर गर्दै कार्यलय प्रमुख मनोज यादवलाई तुरून्त समस्या सामाधान गर्न आग्रह गरे ।
त्यस्तै श्रम तथा रोजगार कार्यालय जनकपुरका प्रमुख मनोज यादवले काम काजमा कुनै किसिमको कमपकमजोरी नभई शुलभ तरिकाले सेवा प्रादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश नम्बर २ जनकपुरमा रहेका श्रम तथा रोजगार कार्यालय धनुषामा काम गराउन आउने व्यत्ति बिचौलियाहरू हावी भएको छ ।
श्रम तथा रोजगनर कार्यालय जनकपुरमा भइरहेको अनियमितता तथा लापरवाही जन्य कामको लागातार गुनाशो आएको हुनाले आफैँ अनुगमन गरेर श्रम तथा रोजगार कार्यालयको काम काज अब गुनस्तरीय हुने प्रदेश २ का आन्तरीक मामिला तथा कानूमन्त्रि ज्ञानेन्द्र यादवले विश्वाष व्यत्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया