शिवम् सिमेन्टले लाभांश दिने

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले आफ्ना शेयरधनीलाई  ६९ करोड ४७ लाख ३८ हजार बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । 

कम्पनीले प्रतिशेयर १५ रुपैयाँ ७८ पैसाको दरले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव लेखनाथ अर्यालले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकममध्येबाट कम्पनीको चुक्ता पूँजी चार अर्ब ४० करोडको प्रतिशेयरको दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश रकम वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । 

त्यस्तै जेविल्स फाइनान्सले एक करोड ३२ लाख ५ सय ६१ बराबरको शेयर लाभांश वितरण गर्ने भएको छ । त्यस्तै  पाँच लाख २८ हजार २९ बराबरको नगद लाभांशसमेत शेयरधनीलाई वितरण गरिने उक्त कम्पनीले जनाएको छ ।

गत असार मसान्तमा कायम भएको चुक्ता पूँजी ५७ करोड ७९ लाख १२ हजार ५ सय रहेको छ । 

उक्त चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर तथा अवितरित हकप्रद शेयरको लिलामीबाट कायम हुने शेयरसमेत समायोजन गरेपछि कायम भएको ८० करोड ९० लाख ७७ हजार ५ सयबाट लाभांश वितरण गर्न लागिएको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाबाट अनुमोदन भएपछि उक्त लाभांश शेयरधनीलाई वितरण गरिने फाइनान्सले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?