डाबर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख हस्तान्तरण

लोकपथ
70
Shares

काठमाडौं । डाबर नेपालले भूकम्प पीडितको राहतको लािग प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ ।

कम्पनीका अध्यक्ष ईश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेक हस्तान्तरण गरेका हुन् ।

डाबर नेपालले विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरु प्रति दुख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

डाबर नेपाल यस संकटको घडीमा भूकम्प प्र्रभावित जिल्लाका जनतासँग उभिएको र आगामी दिनमा पनि उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?