मण्डलामा नाटक मानिस हराएको सुचना मन्चन हुने

लोकपथ
476
Shares

काठमाडौ । मण्डला नाटकघर थापागाउँमा मंसिर १५ गतेदेखि २४ गतेसम्म सोमबार बाहेक हरेक बार साँझ पाँच बजे र शनिबार दिउँसो १ बजे पनि नाटक मानिस हराएको सुचना मन्चन हुने भएको छ ।

ब्लु डाईमन्ड सोसाईटि , झ्याल आर्ट , ऐभरेष्ट फिल्म ऐकेडेमी र मण्डला नाटकघरको सहयोगमा नाटक मन्चन गर्न लागिएको हो ।

अमित गिरीले लेखेको नाटकलाई अमित गिरी र सन्तोष बिष्टले संयुक्त रुपमा निर्देशन गर्दै छन । नाटकमा सबिन राई , सोनिका शाही ठकुरी , रोमस राय ठकुरी , स्नेहा जोशी , साईमन थापा, दीपक कोइराला लगाएका १३ जना कलाकारहरुले अभिनय गर्नेछन ।

सामाजिक बिषयलाई उठान गरिएको नाटकमा बर्तमान समाजको यथार्त कुराहरुलाई मनोरन्जनात्मक रुपमा प्रस्तुत गर्न खोजिएको निर्देशक तथा कलाकार सन्तोष बिष्टले जानकारी दिए । आफ्नो कुराहरु समाजमा खुलेर बोल्न डराईरहेका मानिसहरुको

कथा , आफ्नो अस्तित्व बिर्सिएका मानिसहरुको कथा , मानिसको व्यक्तिगत जिन्दगीमा परिवार ,समाज र राष्ट्रले प्रतक्ष अप्रतक्ष रुपमा पारिरहेको प्रभावको कथा नाटकमा हेर्न पाईने छ ।

लेखक तथा निर्देशक अमित गिरीका अनुसार नाटक “मानिस हराएको सुचना” मा दर्शकहरुले पनि नाटक कै पात्रहरुको रुपमा नाटकमा सहभागि हुन पाउने छन । सँगै गिरीले नाटक हेरिदिनुहुन र जस्तो लाग्छ तेस्तै प्रतिक्रिय दिनुहुन पनि दर्शकहरुलाई आग्रह गरेका छन । हाल मण्डला नाटकघरमा नाटकको पुर्ब तयारी तिब्र रुपमा भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?