काठमाडौं । ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक पोस मेसिनमा इन्स्टा पेमेन्ट नोटिफिकेशन प्रविधिको शुभारम्भ गरेको छ ।
यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक हो । नेपालभरका फिनपोस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सुचना दिने गरी बैंकले यो प्रविधिको सुरुवात गरेको हो ।
अब बैंकका फिनपोस मर्चेन्टहरुले कार्ड, क्यु आर (नेपाल पे वा फोन पे) र एम स्मार्ट एनएफसी मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनीमार्फत हुनेछ । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबारप्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने बैंकको अपेक्षा छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पर्याउने बैंकले जनाएको छ ।
यस सुविधाबाट बैंकका हजारभन्दा बढी फिनपोस राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । साथै अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द«मा सम्पर्क राखि उक्त सेवा सजिलै जाडन गर्न सक्ने बैंकले जनाएको छ ।
यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहने र बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल स्मार्ट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढ्ने बैंकले बताएको छ ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया