खाद्य कम्पनीद्वारा ३० हजार क्विन्टल धान खरिद

लोकपथ
77
Shares

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० हजार क्विन्टल धान खरिद गरेको छ । कम्पनिले पश्चिम तराईका ४ वटा शाखाबाट पछिल्लो पटक ३० हजार क्विन्टल धान खरिद गरेको हो ।

यो वर्ष खाद्यले ५० हजार मेट्रिक टनको लक्ष्यसहित धान खरिद प्रक्रिया सुरु गरेको हो । कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार सुदूरपश्चिममा पर्ने कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, बर्दियाको राजापुर र बाँकेको नेपालजन्गबाट धान खरिद प्रक्रिया सुरु भएको छ ।

नेपाल सरकारले निर्धारण गरेको सर्मथन मूल्य अनुसार धान खरिद भइरहेको उनले बताइन् ।

यस्तै कम्पनीले देशभरका ११ वटा जिल्लास्थित शाखा कार्यालयबाट धान खरिद गर्ने जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?