काठमाडौं । भूकम्प प्रभावित क्षेत्र पुन: निर्माणका लागि १८ करोड ९१ लाखभन्दा बढी रकम जम्मा भएको छ ।
कात्तिक १७ गते राति जाजरकोटमा भूकम्पबाट प्रभावित जिल्लाको पुननिर्माणका लागि सोमबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ९१ लाख बढी रकम जम्मा भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जारी गरेको विज्ञप्ति अनुसार विभिन्न संघरसंस्था र व्यक्तिबाट १८ करोड ९१ लाख ९६ हजार १८२ रुपयाँ ८० पैसा जम्मा भएको उल्लेख छ ।
जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । विनासकारी भूकम्पमा परि जाजरकोट र रुकुम (पश्चिम)मा १५३ जनाको मृत्यु भएको थियो ।
भूकम्पबाट ८ जिल्लामा भौतिक संरचना ध्वस्त हुनुका साथै ठूलो धनजनको क्षति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया