काठमाडौं । दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता आजदेखि ललितपुरमा सुरु हुने भएको छ ।
नेपाल तेक्वान्दो संघको आयोजनामा पुम्से र ग्यरोगी दुई विधामा हुन लागेको प्रतियोगितामा कूल ७२ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष भानबहादुर चन्दले जानकारी दिए ।
६ सय ५० खेलाडीको सहभागिता रहने उक्त प्रतियोगिता तीन दिनसम्म ललितपुरस्थित सातदोबाटोको तेक्वान्दो हलमा सञ्चालन हुनेछ ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख रुपैयाँ खर्च हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया