मुम्बई । भारतको महाराष्ट्र सरकारले नेपालको क्रिकेट विकासमा सहयोग गर्ने प्रतिबद्दता जनाएको छ।
महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री देवेन्द्र फडनवीसले बिहीबार नेपालका पत्रकारसँगको अन्तरक्रियामा नेपालको क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि र दुई देशबीचको म्याच गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
मुम्बई भ्रमणमा आएको नेपालका पत्रकारको टोलीसँग उपमुख्यमंत्री देवेन्द्र फडनविस ले मुम्बई इण्डियन्स टीम र नेपाली क्रिकेट टोलीसँगको म्याच गराउने विषयमा मध्यस्थता समेत गर्ने बताए ।
उनले भने, ‘नेपालको तर्फबाट औपचारिक रूपमा प्रस्ताव आएमा हाम्रो महाराष्ट्र सरकारले मध्यस्थता गरेर मुम्बई क्रिकेट एकेडेमी मार्फत नेपालको लागि आवश्यक सहयोग गर्नेछौं। नेपाली क्रिकेटरहरुलाई मुम्बईमा प्रसिक्षन, व्यावसायिक रूपमा क्रिकेट खेल्ने अवसर, दुई पक्ष बीचको प्रतिस्पर्धा गराउन महारष्ट सरकार मध्यस्था गर्नेछ। नेपाली क्रिकेटलाई सहयोग गर्न चाहन्छौं ।’
उपमुख्यमन्त्री कार्यालयमा नेपाली पत्रकारको १६ जना टोलीसँग अन्तर्क्रिया भएको थियो ।
स्वतन्त्र युवा प्रजातान्त्रिक संघको आयोजनामा १६ पत्रकार भारत भ्रमणमा छन् ।
अन्तरक्रियामा सो संस्थाका अध्यक्ष अर्विन्द्र महतोले महराष्ट सरकारको सहयोगले नेपालको खेल क्षेत्रले थप फडको मार्ने विश्वास व्यक्त गरे ।
उप मुख्यमन्त्री देवेन्द्र फडनवीसले भारतमा रहेका नेपाली मजदुरको समस्या समाधानमा समेत पहल कदमी लिने बताए ।
नेपाल भारत सम्बन्ध थप उचाइमा लैजान आफूले सकेको कदम चाल्ने पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया