मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

लोकपथ
420
Shares

काठमाडौं । केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले उपाधि चुमेको हो ।

मधेशले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ मात्र बनायो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ३२, विवेक यादवले २५ सन्तोष कार्की र सोमपाल कामीले समान १६ रन बनाए ।

बलिङतर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, प्रदीप पासवान २ र प्रतीक यादव १ विकेट लिए । उपाधि विजेता मधेसले ५ लाख रुपैयाँ हात पारेको छ भने फाइनलमा पराजित भएको आर्मीले २ लाख ५० हजार रुपैयाँ पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?